Connect with us
Kapilvast Forest

आज देखि महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं – ‘घरबाटै शुरु गरौंँ‚ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। नोभेम्बर २५ (आज)देखि डिसेम्बर ९ सम्म चल्ने अभियान सञ्चालन हुने छ।

वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय महिला आयोगले जनाएको छ।

विगत २४ वर्षदेखि सरकारी तथा गैरसरकारी संघ संस्थाले महिला हिंसाविरुद्धको अभियान चलाइरहेका छन् तर वर्षेनि सरकारले हिंसाविरुद्ध चलाएको अभियान वास्तविक पीडितसम्म पुग्न सकेको छैन।

देशको विकट ठाउँमा अभियानले कुनै प्रभाव परेको देखिदैन। घरेलु हिंसा, महिला हिंसा,यौनजन्य हिंसा लगायतका घटना बाहिर आइरहेका छन्।

सरकारले १६ दिने अभियान चलाइरहँदा सरकार,गैरसरकारी संघ संस्था तथा मिडिया सक्रिय बनेको देखिन्छ। अन्य समयमा हुनै स्थान नपाउने महिला हिंसाका घटना अन्य समयमा बाहिर आउन सक्दैन।

सरकारले महिला हिंसाविरुद्धको कार्याक्रम गरिरहँदा हिंसाका घटना विगतको तुलनामा बढ्दै गएको महिला आयोगले जनाएको छ। सबैभन्दा बढी घरेलु हिंसा हुने गरेको महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताउनु भयो । उहाँले भन्नु भयो , ‘महिला हिंसाको प्रकृति हेर्दा सबैभन्दा बढी परिवारबाटै पीडित हुने गरेको पाइन्छ।’ आफन्तबाट हिंसा हुने भएकाले उजुरी गर्न डराएको आयोगको निष्कर्ष छ। ७० प्रतिशत पीडक आफन्त नै हुन्छन्।

हेल्प लाइनबाट ४ वर्षमा १५ हजारलाई सेवा

महिला आयोगको कार्यालय केन्द्रमा सीमित बनेको छ। देशका दूरदराजमा महिला हिंसाका घटना भयो भने उजुरी गर्नका लागि केन्द्रमै आउनुपर्ने अवस्था थियो। विकट क्षेत्रका समस्यालाई सम्बोधन गर्नका लागि आयोगले ४ वर्ष अगाडि ११४५ हेल्पलाइन सञ्चालन गरेको थियो। जसबाट ४ वर्षको अवधिमा १५ हजार ४ सय ४७ सेवा दिइएको आयोगले जनाएको छ। हेल्पलाइन मार्फत ५ हजार ५ सय १५ मुद्दा परेको आयोगले जनाएको छ।

१६ दिने कार्यक्रम

सरकारले महिला हिंसा अन्त्यका लागि १६ दिने विभिन्न कार्यक्रम घोषणा गरेको छ। महिला आयोगले सेतो रिबन तयारी र वितरण, ब्रोसर तयारी प्रकाशन र वितरण, लैंगिक हिंसाविरुद्धको साझा प्रतिबद्धतामा हस्ताक्षर तथा प्रदर्शन गर्ने भएको छ।

त्यस्तैगरी योगमायाले नेपाली महिला आन्दोलनको शंखघोष गरेको भोजपुरको मजुवाबेसी तथा संखुवासभाको तुम्लिङटारमा लैंगिक हिंसाविरुद्धको अन्तरसंवाद,बाल विवाह प्रजनन स्वास्थ्यसम्बन्धी अन्तरक्रिया सन्देशमूलक लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ।

संघ, प्रदेश र स्थानीय सरकारले पनि लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउन छन्। गैरसकारी संघसंस्था, निजी क्षेत्र र नागरिक समाजका प्रतिनिधिलाई सिर्जनात्मक, चेतनामूलक र सन्देशमूलक कार्यक्रम गर्ने महिला आयोगले जनाएको छ।

बढ्दै महिला हिंसा

सरकारले महिला हिंसाका घटना कम गर्न हरेक वर्ष यस्ता कार्यक्रम गरे पनि हिंसाका घटना भने बढ्दै गएका छन्। प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार वार्षिक १८ देखि २० हजार महिला हिंसाका घटना भएको देखिन्छ।

प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा १८ हजार ९ सय ३७ वटा महिला हिंसाका घटना भएका थिए। आर्थिक वर्ष ०७६र७७ मा १५ हजार ७ सय ५६ वटा घटना प्रहरीकोमा आएको थियो। चालु आर्थिक वर्षमा १ हजार २ सय ३४ घटना भएको प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

त्यसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना छन्। चालु आर्थिक वर्षमा ४ हजार ७ सय ३२ घरेलु हिंसा भएको छ। त्यस्तैगरी जबरजस्ती करणी, दाइजो प्रथा, बालविवाह, बहुविवाह, छुवाछुत, बोक्सी आरोप, अवैध गर्भपतन, बाल यौन दुराचार, अप्राकृतिक मैथुनलगायतका घटना भएका छन्।

लैङ्गिक हिंसा अन्त्य गर्न सरकारले गरेको पहलले वास्तविक पीडित महिलालाई कुनै राहत मिलेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu