Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

Nepal's Armed police forces

 

काठमाडौँ-नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । यही मङ्सिर १० देखि १२ सम्म चितवनको सौराहामा हुनलागेको एमालेको १०औँ महाधिवेशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झन्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरकोे गैँडाकोटबाट नेपाल प्रहरीका सय बढी सुरक्षाकर्मी खटिने छन् ।
महाधिवेशन उद्घाटन हुने स्थान र बन्दसत्रको सुरक्षा मजबुतिका लागि व्यापक सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक आस्मान तामाङले बताउनुभयो । महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ स्थानमा सवारीसाधन पार्किङस्थल तयार गरिएको छ । महाधिवेशन उद्घाटन हुने मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट चितवनको पश्चिमतर्फलगायत महाधिवेशन उद्घाटन स्थल क्षेत्रमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि विशिष्ट, अतिविशिष्टसहित विदेशी पाहुनाको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा प्रहरी टोली परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ ।
नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुने भएकाले चितवनसँगै नवलपुरतर्फको सुरक्षा व्यवस्था कडा पार्न लागिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनीले दुवै जिल्लाको समन्वयमा सुरक्षा व्यवस्था मजबुत पार्ने गरी काम भइरहेको जानकारी दिनुभयो । “सुरक्षा व्यवस्थालाई मजबुत बनाउन अधिवेशन स्थल सौराहामा आउने प्रतिनिधिसहित भीआईपी, प्रतिनिधि र विदेशी पाहुना बस्ने होटल तथा महाधिवेशनको बन्दसत्र हुने स्थानलाई ध्यानमा राखेर सुरक्षा योजना बनाएका छौँ” तामाङले भन्नुभयो । महाधिवेशनमा पाँच लाख जना उपस्थित हुने एमालेले जनाएको छ ।

महाधिवेशन उद्घाटन स्थलमा भीडभाड कम गर्न आसपासका क्षेत्रमा मङ्सिर ९ गते रातिदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाइएको छ ।
महाधिवेशन उद्घाटन समारोह चलिरहेका पश्चिमतर्फबाट आउने सवारीसाधनलाई गैँडाकोटमा रोकिने छ । आवतजावतलाई सहज बनाउन मुग्लिन–नारायणघाट सडक खण्डमा ट्राफिक प्रहरीको सङ्ख्या बढाइने जनाइएको छ ।
मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन मङ्सिर १० गते नारायणी नदी किनारमा हुनेछ । त्यसैगरी ११ र १२ गते हुने बन्दसत्र कार्यक्रमसँगै समापन समारोह सौराहाको सेभेन स्टारमा हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu