Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीशविरुद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

 

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसन, बृहत नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएका छन्।

नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल नर्सिङ एसोसियसन, नेपाल आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा दिउँसो २ बजे सर्वोच्च अदालतको गेटबाट मार्च अभियान गर्दैछन्।

यसअघि उनीहरुले मार्चपासमा सहभागी हुन आम नागरिकलाई संयुक्तरुपमा अपिलसमेत गरेका थिए। संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तत्काल संसद बोलाई प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाउन र सम्बद्ध निकायमार्फत् सम्पत्ति छानबिन गराउन हामी पेसागत तथा नागरिक शक्तिहरू एकसाथ माग गर्दछौं। साथै, हाम्रो संघर्ष व्यक्ति जबरासहित प्रवृत्तिविरूद्ध हो। यस्ता व्यक्ति जन्माउने प्रक्रिया र संरचना फेर्न हामी सबै सडकमा उभिएका छौं।’

राजनीतिक नेतृत्वले संवैधानिक दायित्व पालना नगर्दा न्याय पाउने जनताको संवैधानिक हक कुण्ठित भएको असाधारण अवस्थाले हामी लोकतन्त्र, कानुनी शासन, नागरिक अधिकार, सामाजिक न्यायसहित नागरिक सर्वोच्चताका हिमायती पेसागत तथा नागरिक शक्तिहरूलाई आक्रोशित तुल्याएको विज्ञप्तिमा उल्लेख छ।

बारले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई ज्ञापनपत्र समेत बुझाइसकेको छ। प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बहसमा नर्फकिने बारले बताएको छ। बारले चौथो चरणको आन्‍दोलनको घोषणा गर्दै मुलुकभरका अदालतमा धर्ना र विरोध कार्यक्रम गर्दै आएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu