Connect with us
Kapilvast Forest

कांग्रेस सभापतिमा उम्मेदवारी दिने विमलेन्द्र निधिकाे घाेषणा

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएकाे छ ।काठमाण्डौको नयाँ बानेश्वरमा आज बिहीवार एक कार्यक्रम गरेर निधिले औपचारिक रूपमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने र देशलाई समृद्धिकाे दिशामा लैजानका लागि आफ्नो नेतृत्व आवश्यक रहेको पनि दाबी गर्नुभएको छ ।

आफ्ना योजना र प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएका निधिले नेपाली कांग्रेस मूल पार्टी र विभिन्न भातृ सङ्गठनमा अहिले देखिएको भद्रगोल अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । आउँदो चुनावमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने तथा पार्टी रूपान्तरण र पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने पनि निधिको प्रतिबद्धतामा उल्लेख छ ।

http://https://drive.google.com/file/d/1t6Y0SrdyQ-1wFd4Eggiu_JiymShryGtc/view

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu