Connect with us
Kapilvast Forest

महिला टी–२० विश्वकप: मलेसियाविरुद्ध जितको खोजीमा नेपाल 

२०७८, १० मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा आज शुक्रबार  मलेसियाविरुद्ध खेल्दैछ । दुबईको आईसीसी एकेडेमी मैदानमा हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ ।

ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपाललाई मलेसियाविरुद्ध जितको विकल्प छैन । त्यसैले नेपाल बलियो मलेसियाविरुद्ध २ अंकको खोजी सहित नेटरनरेटलाई सुधार गर्ने योजनामा हुनेछ ।

३ खेल खेलेको नेपाल २ जितसहित दोस्रो स्थानमा छ । नेपाल पहिलोे खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएर विजयी सुरुआत गरेको थियो । तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गर्‍याे ।

आज कुवेतलाई हराए नेपाल शीर्ष स्थानमा फर्कने छ । ३ खेल जितको आयोजक यूएई ६ अंकसहित शीर्ष स्थानमा छ । नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन अन्तिम खेलमा यूएईको सामना गर्नेछ ।

नेपालले सन् सन् २०१९ मा भएको दुबै भेटमा मलेसियालाई पराजित गरेको छ । जनवरीमा भएको खेलमा ६ विकेटले जित निकाल्दा फेब्रवरीमा भएको खेलमा ३४ रनले पराजित गरेको थियो ।

आज नै हुने खेलमा हङकङले भुटानको सामना गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu