Connect with us
Kapilvast Forest

कपिलवस्तु काँग्रेस: पौडेल पक्ष बलियो

२०७८, ११ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु
नेपाली काँग्रेसका देशैभरका नेता कार्यकर्ता अहिले १४ औं अधिबेशनमा होमिएका छन् । नेपाली काँग्रेसको वडा, र पालिका क्षेत्र स्तरको अधिवेशन सम्पन्न भैसकेको छ ।
जिल्ला सभापति पदमा पौडेल पक्ष र देउवा पक्षका उम्मेदवारहरु विच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षका उम्मेदवार जिल्ला सभापति पदका उम्मेदवार राजेश आचार्य भन्दा पौडेल पक्षका अब्दुल कलाम बालियो उम्मेदवारको रुपमा देखीएका छन् ।
पौडेल पक्षका दिग्गज नेता तथा नेपाली काँग्रेस कपिलवस्तुका वर्तमान जिल्ला सभापति सुरेन्द्रराज आचार्यको साथ र सहयोगका कारण अब्दुल कलाम बलियो उम्मेदवार रहेको अंकलन गर्न सकिन्छ । नेपाली काँग्रेस कपिलवस्तुको दुई कार्यकाल उपसभापति र कार्यबाहक सभापति समेत भएका कारण अब्दुल कलाम विजयीको नजिक रहेको जानकारहरु बताउछन । कपिलवस्तु काग्रेसको तीन वाटै क्षेत्रको मत परिणाम हेर्दा अब्दुल कलामको जित सुनिश्चित रहेको कपिलवस्तुका नेता कार्यकार्ताहरुले बताएका छन ।

महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख, नेपाली कांग्रेस बर्तामान जिल्ला उपसभापति समेत रहनु भएका कलामले पार्टीलाई थप बलियो बनाउन जिल्ला सभापति पदमा उमेद्धवारी दिएको बताउनु भयो । ४ दशकदेखि सक्रिय राजनिति र सामाजिक सेवामा लागेका कलाम लोकप्रिय नेताका रुपमा जिल्लामा परिचित हुँदै आउनु भएकोे छ ।

गाबिस अध्यक्ष हुदै, ९ औँ महाधिवेशनबाट लागातार महाधिवेशन प्रतिनिधि रहेका कलाम जिल्लाका दर्जनौ सघंसस्थामा रही काम गरीसक्नु भएको छ ।
यस कारण कलाम बलियो ।।
विगत चार दशक देखी नेपाली काँग्रेसमा लागेका कलाम समान्य कार्यकर्ता देखि जिला कार्यसमितीको विभिन्न पदमा हुँदै उपसभापति र कार्यबाहक सभापति समेत भैसक्नु भएको छ । नेपाली काँग्रेसले दिएको हरेक जिम्मेवारी कलामले सफलता पुर्वक निर्वाह गरेका कारण कलाम बलियो उम्मेदवारको रुपमा देखिएका छन् ।
पार्टीको नीति नियम तथा निर्देशनको पुर्ण रुपमा मान्दै आएका कलाम नेपाली काँग्रेसका स्वच्छ छवि भएका नेता मनिनु हुन्छ ।
नेपाली काँग्रेस कपिलवस्तुका वार्तमान जिल्ला सभापति सुरेन्द्रराज आचार्यसग नजिक रहेर राजनीति गर्नु भएका कलामलाई सभापति आचार्यको साथ र साहयोग रहने धेरैको विश्वास रहेको छ । विगतमा आचार्यलाई दोस्रो संविधान सभाको निर्वाचनमा विजयी गराउन कलामको ठुलो सहयोग रहेकोले आचार्यले कलामलाई साथ दिने अकंलन गर्न सकिन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu