Connect with us
Kapilvast Forest

जसपा वैकल्पिक राजनैतिक शत्ति हो :बावुराम भट्टराइ

२०७८, ११ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु-जनता समाजवादी पार्टी संघिय परिषद अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा.बावुराम भट्टराइले जसपा वैकल्पिक राजनैतिक शत्तिको भएको बताउनु भयो ।
संगठन सुदृढीकरण तथा चुनावि प्रचार प्रसार अभियानको क्रममा कपिलवस्तुको शिवराज नगरपालिकाको खैरीमा पार्टीका कार्यक्रताहरु सगँको भेटभाट कार्यक्रमा बोल्दै पुर्व प्रधानमन्त्री भट्टराइले पार्टिलाई बलियो बनाई मुर्त रुप दिनको लागि देश भर संगठन सुध्रिढिकरणमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई कुनै लोभ लालचमा परि विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता नगर्न आग्रह गर्नु भयो । उहाँले पार्टीको आचारसंहिताको पुर्ण पालना गरी अगाडि बढ्न निर्देशन समेत दिनु भयो । सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा डा भट्टराइले जोड दिनु भयो ।

जनता समाजवादी नेपाल शिवराज नगर कमिटीको आयोजनामा सम्पन्न कार्यकर्ता भेटघात कार्यक्रममा जसपाका वरिष्ठ नेता अशोक राई ,लुम्विनी प्रदेश अध्यक्ष अशोक यादव ,लगायत जसपाका प्रदेश ,जिल्ला नगर ,गाउँ एवम वडाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । जसपा शिवराज नगर कमिटीका अध्यक्ष कृष्ण कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम जसपा युवा नेता रहिश शाहको संचालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu