Connect with us
Kapilvast Forest

कांग्रेसको गुल्मी सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

गुल्मी – नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ ।पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँलका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित हुनु भएको छ ।

 

पन्थी निर्वतमान जिल्ला कार्य समिति सचिव हुनुन्थ्यो भने थापा महाधिवेशन प्रतिनिधि हो । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षका हुन् भने पराजित हुने थापा देउवा पक्षका हुनुन्छ ।

जिल्ला कार्य समितिका अरु पदमा पनि निर्वाचन भएको थियो । त्यस्तै दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।जसमा अनन्तराम पौडेलले एक हजार १८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो ।

जसअनुसार जगदिस भट्टराईले ९९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित हुनु भएको छ । त्यस्तै दुई जना जिल्ला सह(सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो ।

जस अनुसार जसअनुसार छविलाल पाण्डेले एक हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित हुनु भएको छ । महाधिबेशनका लागि एक हजार ७६१ जना प्रतिनिधि रहनु भएको छ ।

त्यसमध्ये एक हजार ६९३ मत खसेको थियो । मतदानकै क्रममा शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहिबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केही बेर मतदान नै स्थगित गरिएको थियो ।

सहमति पश्चात रोकिएको मतदान आइतबार मतदान पुनः गरिएको थियो । आइतबार रातिबाटै मतगणना गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu