Connect with us
Kapilvast Forest

एमाले केन्द्रिय कमिटीमा कपिलवस्तु बाट को को परे

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-चितवनमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सर्वसम्मत घोषणा गरिएको केन्द्रीय नेतृत्वमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा गिरधारिलाल न्यौपाने, बिमला घिमिरे, शिराज अहमद फारुकी, बलराम अधिकारी र सुशील श्रीवस्तव पर्न सफल भएका छन् भने केन्द्रिय लेखा आयोगको सदस्यमा बिष्णु पन्थी पर्न सफल हुनु भएको छ ।

मध्यरातमा सुरु भएको बन्दसत्रमा ओलीले सहमतिका लागि भन्दै नाम पेस गर्नु भएको हो । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष रहेका ओलीले पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गर्नु भएके थियो ।

ओलीले पेस गरेको ३ सय १ केन्द्रीय सदस्यको सूचीमा १ सय १ जना महिला हुनुन्छ । उहाँले क्रमशः खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुरलगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनानाउनु भएको थियो । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलहरूको केन्द्रीय समितिमा अनिवार्य ३३ प्रतिशत महिला हुनैपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार ओलीले १ सय १ महिलालाई केन्द्रीय कमिटीमा राख्न प्रस्ताव गर्नु भएको थियो । अध्यक्ष मण्डलको बैठक बसेर यी नामलाई अन्तिम रुप दिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu