Connect with us
Kapilvast Forest

शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

 

सीता बेल्बासे,कपिलवस्तु – शिवराजमा ३ महिने ब्युटिसियन तालिम सुरु भएको छ । किर्डाक नेपालको आयोजनामा स्ट्रोम फाउण्डेसको सहयोगमा बतास फाउण्डेसको सहजिकरणमा शिवराज ५ चन्द्रौटामा बुधबार बाट तालिम सुरु भएको हो ।

ब्युटिसियन तालिमको उद्धघाटन गदै शिवराज नगरपालिका नगर उपप्रमुख शिव कुमारी थारुले अहिलेको अबस्थामा ब्युटिसियनको मार्कट धेरै भएकोले यस्ता तालिमकोे आवश्यक रहेको बताउदै तालिमबाट सिकेका कुरालाइ तालिमा मात्र नभइ आफनो आयस्रोत बनाइ ब्यवसाहि हुन कसरी सकिन्छ भन्ने कुरामा लाग्नु पर्न बताउनु भयो । साथै बिभिन्न माध्यम बाट किर्डाक नेपालले ठुलो भुमिका खेलेको बताउनु भयो ।

किर्डाक नेपालका जिल्ला संयोजक कृष्न रावलले कुनै न कुनै माध्यमबाट विषेस गरी महिला किसोरीलाई शंसक्त बनाउने कार्यक्रम गदै आएको बताउदै सबैले सहयोग सहकार्य गदै काम गर्न हौसला प्रदान गरेको बताउनु भयो यस्तै बतास फाउण्डेसको सहजर्कता आरति रानाले ब्युटिसियन राम्रो हुनको लागि मात्र नभइ स्वास्थको लागि अति आवश्यक रहेको बताउनु भयो ।

३ महिने ब्युटिसियन तालिममा शिवराज र बुद्धभुमिका गरी १० जनाको सहभागिता रहेको तालिमको प्रशिक्षण लोटस ब्युटिपालरको सन्चालक गोमा कुवरले गर्न किर्डाक नेपाल सामुदायिक विकास सहजकर्ता रिमा थारुले बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu