Connect with us
Kapilvast Forest

पार्टीले निस्काशन गरेका व्यक्ति राखेर संसद् चल्न सक्दैन : अध्यक्ष

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गर्नुभएको छ । शुक्रबार दोस्रो पटक पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद चल्न नदिने बताउनु भयो ।

 

‘हामीले निस्काशन गरेका व्यक्तिहरु संसद भित्र राखेर कसरी संसद चल्न सक्छ ओलीले भन्न भयो ‘हामीले निस्काशन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’ सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ।

एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि लामो समय संसद अवरोध गरेको थियो।

ओलीले अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको समेत आरोप लगाउनु भयो । उहाँले भन्नु् भयो ‘गठबन्धनको सरकारबाट देश चलिरहेको छैन् । सरकार चलिरहेको छैन् । यस्तोलाई चलेको भन्ने हो भने त नचलेको कस्तोलाई भन्ने रु यस्तो अर्कमन्यता लम्बयाउनु हुँदैन भनेर हामीले चाँडै आम चुनावमा जानुपर्छ भनेर भनेका छौं ।’

सर्वोच्चमा अहिले व्यवधान सिर्जना गरिएको भन्दै ओलीले पाँच दलीय गठबन्धनका कारण विकृति आएको आरोप लगाउनु भयो । ‘अदालतको हुर्मत लिने काम भइरहेको छ,’ उहाँले भन्न्ु भयो , ‘गलत फैसला गराएर हुर्मत लिने काम भएको छ। त्यो आफैं उहाहरु भन्नुहुन्छ । समाधानका लागि उहाँहरु गलत प्रेस्कृपिस्न दिइरहनु भएको छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu