Connect with us
Kapilvast Forest

चेल्सीलाई पछि पार्दै म्यानचेस्टर शीर्षस्थानमा

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

एजेन्सी – वाट्फोर्डमाथि सहज जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । सिटीले घरेलु टोलीलाई ३–१ ले पराजित गर्दै चेल्सीलाई पछि पार्दै शीर्षस्थानमा कब्जा जमाएको हो ।

सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोलीका जुआन हर्नान्डेजले एक गोल फर्काए । भिकारेज रोड वाट्फोर्डमा शनिबार राति भएको खेलमा सिटीले चौथो मिनेटमा रहिमको गोलबाट अग्रता लिएको थियो । उनले फिल फोडेनको पासा गोल गरेका थिए ।

३१औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० ले अघि बढाए । ६३औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटीले खेलमा ३–० को आरामदायी अग्रता लिन सफल भयो । ७४औं मिनेटमा जुआन हर्नान्डेजले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।

जितसँगै सिटी १५ खेलबाट ३५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । सिटीले यसअघि शीर्षस्थान ओगटेको चेल्सीलाई पछि पारेको हो । शनिबार राति नै चेल्सी वेस्टह्यामसँग ३–२ ले पराजित भएको थियो । पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा लिभरपुलले वल्भ्सलाई १–० ले पराजित गरेको छ । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा डिभोक ओरिजीले गोल गर्दै लिभरपुललाई महत्वपुर्ण ३ अंक दिलाए । जितपछि लिभरपुल १५ खेलबाट ३४ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित वल्भ्स २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu