Connect with us
Kapilvast Forest

शिवराज ३ मा संचालीत प्रथम वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

नवराज पौडेल. कपिलवस्तु – कपिवस्तुको शिवराज नगरपालिका वडा नं ३ मा संचालीत २ दिने प्रथम वडा स्तरिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । आगामी पौष १ गते देखि शिवरानगरपालिका को आयोजनामा सुरु हुने शिवराज खेल महोत्सवमा वडा स्तरबाट सहभागिता जनाउनका लागी भलिवल,फुटवल,क्रिटेट र कराते खेलका खेलाडी छनोटका लागी उक्त खेलकुद प्रतियोगीता संचालन गरिएको हो ।

समापन कार्यक्रमलाई सम्वोधन गर्दै वडा नं ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडाको प्रथम खेल भएकाले खेलमा सहभागी खेलाडीले वडा नं ३ को नाम राख्ने गरि उत्कृष्ट खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

आगामी दिनमा खेलकुदक्षेत्र सुधारका लागी वडाले खेल मैदान निर्माण तथा खेलाडी प्रोत्साहन कार्यक्रमलाई उच्च प्राथामिकता दिने बताउनु भयो । शनिबार भलिवल,र कराते खेल सम्पन्न भएको थियो भने आज फुटवल र क्रिकेट खेल सम्पन्न भएको खेल संयोजक संजय मल्लले जानकारी दिनुभयो ।

खेल जिल्लाका राष्ट्रिय स्तरका रेफ्रीद्धारा खेलाईएको हो । खेलमा सहभागी प्रथम र द्धितिय स्थान हासिल गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu