Connect with us
Kapilvast Forest

कैदीबन्दीहरूका लागि सीपमूलक तालिम

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

jel

 

अछाम- अछामका कैदीबन्दीहरूको लागि सीपमूलक तालिम सञ्चालन गरिने भएको छ ।सीपमूलक तालिमको सुदूरपश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले उद्घाटन गरेकी हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ६ लाख आर्थिक सहयोगमा होजियारी, बाँसका मुढा, सिलाइकटाइ, हाते कढाइसम्बन्धी कैदीबन्दीहरूलाई तालिम दिइने भएको छ ।

मन्त्री जोशीले कारगारमा रहँदा सिकेको सिपलाई कैदमुक्त भएपछि व्यवहारमा रुपान्तरण गरी जीविकोपार्जन तथा व्यवसायीक हिसावमा सहज बनाउन कैदीबन्दीलाई तालिम दिन लागेको बताउनु भयो ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कारागारलाई बन्दी जिवनका रूपमा नलिइ सुधार गृहका रूपमा लिनुपर्नुमा जोड दिनु भयो ।प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले कानूनको पालना गर्दै कारागारभित्रै सिपमूलक तालिम लिनाले कैदमुक्त भएपछि समाजमा पुनर्स्थापना हुन सहज हुने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu