Connect with us
Kapilvast Forest

बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने अनुमान

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

बाघको आक्रमण

काठमाडौं  – अर्को महिना सुरु हुने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पुर्याउने लक्ष्य पूरा हुने सरकारले जनाएको छ ।सन् २०१० मा रसियाको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर अर्थात २ सय ५० वटा पुर्याउने लक्ष्य राखेको थियो।

तीन वर्षअघि गरिएको सर्वेक्षणअनुसार नेपालमा २ सय ३५ वटा वयस्क बाघ रहेको अनुमान गरिएको छ ।पछिल्लो तथ्याङ्क थाहा पाउन हिजोदेखि बाघ गणना सुरु भएको छ ।

अर्को महिनासम्ममा गणनाको नतिजा सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।बाघको विचरण रहेको क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्र गरी तीनवटा क्षेत्रमा विभाजन गरिएको छ ।

बाघ गणनाको लागि चितवन पर्सा कम्प्लेक्समा सात, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा क्षेत्रमा तीन वटाका दरले हात्ती परिचालन गरिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu