Connect with us
Kapilvast Forest

च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलको शतप्रतिशत जित

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

liverpool-scaled-1.jpg

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरण अन्तर्गतको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गरेपछि लिभरपुलले समूह चरणमा शतप्रतिशत जित निकाल्न सफल रहेको हो ।

मिलानको सान सिरोमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । मिलानका फिकायो टोमोरीलेले एक गोल फर्काए ।

जितसँगै लिभरपुल समूह ‘बी’ मा ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भयो । यही समूहको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पोर्चुगिज क्लब पोर्टोलाई पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो ,

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu