Connect with us
Kapilvast Forest

इन्टरलाई हराउँदै रियल म्याड्रिड समूह विजेता

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

काठमाडौँ – स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्न सफल भएको छ ।इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै रियल युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ ।

घरेलु मैदानमा टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको छिनोफानो हुने खेलमा रियलले बाजी मारेको हो ।

सान्टियागो बर्नबेउमा गएराति भएको खेलको १७ औं मिनेटमा रोड्रिगोको पासमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिन सफल भएको थियो । ७८औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका विंगर मार्को एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोली रियलको जित पक्का गरे ।

यो जितसँगै समुह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोडेको छ । त्यस्तै गएराति नै भएको सोही समुहको अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu