Connect with us
Kapilvast Forest

महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने माओवादीका अध्यक्ष पक्राउ

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

parau

 

धनगढी- डेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ ।जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा माओवादीका नगर अध्यक्ष शेरसिंह माल ‘डायमन्ड’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

उनले जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्यलाई दुर्व्यवहार गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) देवेन्द्र पालले पीडित महिलाले दिएको जाहेरीका आधारमा नगर अध्यक्ष माललाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

नेता मालमाथि केही दिन अघि रंगुन खोला नजिकै एक जनप्रतिनीधि महिलामाथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप छ । पक्राउ परेका माललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu