Connect with us
Kapilvast Forest

सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौँ – संघीय संसद सचिवालयले मंसिर २८ गतेदेखि बस्ने संसद बैठकमा सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुलाई एन्टिजेन परीक्षण गरेरमात्र संसद बैठकमा उपस्थित हुन सुचना जारी गरेको छ ।

सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले आइतबार(आज) सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सांसद, संसद सचिवालयका महासचिव तथा सचिव, सुरक्षाकर्मी तथा मर्यादापालकहरुलाई एन्टिजेन परीक्षण गर्न भनेको हो ।

त्यसका लागि सचिवालयले सोमबार बिहान ११ बजेदेखि ३० बजेसम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu