Connect with us
Kapilvast Forest

दोस्रो चरणमा मतदान हुने निश्चित, २०० मत गन्न बाँकी

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

 

 

काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति पदको टुंगो लगाउन दोस्रो चरणको मतदान हुने भएको छ ।

केहिबेरअघि सार्वजनिक भएको मतपरिणाम अनुसार सभापति पदका पाँच उमेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि निर्वाचन दोस्रो चरणमा गएको हो ।

पहिलो चरणमै विजयी हुन २ हजार ३४० मत पाउनुपर्छ । तर अब २ सय मत गन्न बाँकी रहँदा शेरबहादुर देउवाले करिब २ हजार र शेखर कोइरालाले १६०० मत पाएका छन् । बाँकी सबै मत देउवाले ल्याए पनि जितका लागि नपुग्ने निर्वाचन प्रचारप्रसार समितिका मिडिया सेन्टर संयोजक डा. सुरेस आचार्यले जानकारी दिएका छन् ।

अहिले केहिबेरमा अन्तिम परिणाम सार्वजनिक हुने र मतदानको प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu