Connect with us
Kapilvast Forest

तीन दिनदेखि हराएकी २१ महिने बालिकाको शव खाल्डोमा भेटियो

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

विराटनगर -मोरङको रङ्गेली नगरपालिका–२ मा एक बालिकाको शव खाल्डोमा पुरेको अवस्थामा फेला परेको छ।आइतबारदेखि बेपत्ता २१ महिने बालिका निशा उराउ(युनिशा)को शव मंगलबार दिउँसो घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा फेला परेको हो। उनी आइतबारबाट बेपत्ता भएको बालिकाका बुवा चन्द्र उराउले बताउनु भयो ।

मंगलबार घरदेखि करिब ६० मिटर टाढा रहेको पैनीमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। शव फेला परेको खाल्डो भर्खरै खनिएको जस्ता देखिने चन्द्रले बताउनु भयो ।

उनले भने,‘हिजो बेलुकासम्म खाल्डो थिएन, आज बिहान खाल्डो देखियो, खोतालेर हेर्दा छोरीको कपडा र शव भेटियो।’ बालिकाको घर नजिकै पोखरी र सुनसरी मोरङ सिँचाई आयोजनाको शाखा(पैनी) नहर रहेकाले पानीमा डुबेको आशंकामा आइतबार र सोमबार बालिकाको खोजी गरिएको थियो। तर मंगलबार घर नजिकैको पैनीमा आलो खाल्डो देखिएपछि आफन्तले खोतालेका थिए।

खाल्डोमा बालिकाको कपडा देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खाल्डोबाट बालिकाको शव निकालेको छ। बालिकाको शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले बताउनु भयो ।

‘घरमा कोही नभएको समय घरबाट बालिका हराएको रहेछ, खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहान स्थानीयले देखेर प्रहरीलाई खबर गरे पश्चात घटना स्थलमा प्रहरी पुगेर बालिकाको शवलाई कोसी अस्पतालमा पठाएको छ,’ उनले भने,‘घटनाको थप अनुसन्धान भइरहेको छ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu