Connect with us
Kapilvast Forest

कांग्रेस महामन्त्रीमा गगनको अग्रता, दोस्रोमा विश्वप्रकाश

२०७८, १ पुष बिहीबारमा प्रकाशित

gagan

काठमाडौं-नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। अहिलेसम्मको मतपरिणाममा गगन थापाले अग्रता लिएका छन्।९०० मत गन्दा गगनले ५५९ मत पाएका छन्।

दोस्रो स्थानका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः

९००मतगणनामा

गगन कुमार थापा ५५९
विश्व प्रकाश शर्मा ३५७
प्रदिप पौडेल ३००
प्रकाश शरण महत २९७
मिनेन्द्र रिजाल १५३
राजाराम कार्की ३१
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

सभापति शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइराला समूहबाट गगन थापा र मिनेन्द्र रिजाल मैदानमा छन्।

यस्तै प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की महामन्त्रीको उम्मेदवार छन्।

यसअघि सभापति र उपसभापतिको मतगणना सकिएको छ। सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu