Connect with us
Kapilvast Forest

एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

२०७८, १ पुष बिहीबारमा प्रकाशित

 

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० यथास्थितिमा पास गर्ने पक्षमा आफूहरु नरहेको बताउनु भएको छ ।

पहिले सत्तागठबन्धनको एकीकृत धारणा कुर्ने र त्यसपछि एमालेले आफ्नो निर्णय लिने उहाँको भनाइ छ । तथापि, एमसीसीलाई यथास्थितिमै पास गरेर जान हुन्न भन्ने आफूहरुको धारणा रहेको उहाँले बताउनु भयो ।

‘यथास्थितिमा एमसीसी पास गरेर जाने पक्षमा हामी छैनौं’ एमाले प्रमुख सचेतक भट्टराईले भन्नुभयो । एमसीसीलाई पास गर्ने वा फेल गर्ने वा संशोधन गरेर मात्रै पास गर्ने भन्ने विषयमा सबैभन्दा पहिले सत्तागठबन्धनको एकीकृत धारणा तय हुनुपर्ने उहाँको आग्रह छ ।

‘सत्तागठबन्धनको एकीकृत धारणा बनोस् पहिले । उहाँहरुको एकीकृत धारणा के हो रु भन्ने नै बुझिएको छैन । पास गर्ने जस्तो गठबन्धनभित्र देखियो भने हाम्रो के रह्यो र ’ उहाँले भन्ु भयो ।

प्रमुख सचेतक भट्टराई थप्छन्, ‘उहाँहरुका १६५ सांसद छँदैछन् । उहाँहरुले १६५ लाई एकढिक्का राख्न सक्नुहुन्छ कि हुन्न हामी हेर्छौं । त्यसपछि एमालेले आफ्नो कदम चाल्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाँच दलीय गठबन्धनमा रहेका १६५ सांसदको समर्थन थियो । त्यहि १६५ सांसदलाई एमसीसीमा एकढिक्का राखेर सरकारले निर्णय लिन सक्छ कि सक्दैन भन्नेमा एमालेको चासो छ ।

यसैबीच एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाउँदै कतै यो होहल्लाकै बीचमा एमसीसी अनुमोदन गर्ने खेल त होइन रु भनेर आशंका गर्नु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu