Connect with us
Kapilvast Forest

दुई हजार खेल जित्ने पहिलो टिम बन्यो लिभरपुल

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले किर्तिमानी जित निकालेको छ । गए राती भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एन्फिल्डमा सुरुवातमै लिभरपुल १-० गोलले पछि परेको थियो । न्युक्यासलका लागि जोन्सो सिल्भेले खेल सुरु भएको ७ मिनेटमै गोल गरेर टिमलाई अग्रता दिलाए ।

लिभरपुलका लागि डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट अलेक्जेन्डर अर्नाल्डोले गोल गरे । जोटाले २१ औँ मिनेटमा सुरुवाती बराबरी गोल गर्दा त्यसको चार मिनेटपछि सलाहले गोल गर्दै लिभरपुलको अग्रता २-१ मा पुर्‍याए । खेलको अन्त्यतिर अर्नाल्डोले गोल गरेर लिभरपुललाई ३-१ को जित दिलाएका हुन् ।

जितपछि लिभरपुल प्रिमियर लिगमा सर्वाधिक दुई हजार खेलमा जित निकाल्ने पहिलो टिम बनेको छ । यस्तै आर्सनलले १९२७ जित निकालेको छ भने एभरटनले १८७२ जित निकालेको छ । चौथो स्थानमा रहेको म्यान्चेष्टर युनाईटेडले भने १८५७ खेलमा जित निकालेको छ ।जितसँगै लिभरपुल १७ खेलबाट ४० अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ । हार व्यहोरेको न्युक्यासल रेलिगेसनमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu