Connect with us
Kapilvast Forest

सुनको भाउ एकैदिन एक हजार रुपैयाँले बढ्यो

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

काठमाडौं – शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ ।

जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा तोकेको छ ।

बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । पुस लागेयताको दुई दिनमा मात्रै सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu