Connect with us
Kapilvast Forest

ओली कपिलवस्तु आउने भएपछि शिवराजमा तयारी बैठक, ५ हजार बढि सहभागि गराउने

२०७८, २ पुष शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु –नेकपा(एमाले )अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु आउने दिन नजिकिदै गर्दा एमाले कपिलवस्तुले नगर कमिटि, गाउँ कमिटिका वैठकहरुलाई तिव्रता दिइरहेको छ ।

यहि पुष ६ गते मंगलवार कृष्णानगर नगरपालिका वड़ा नं.८ बहादुरगंजमा आयोजना हुने जनसभामा विभिन्न पार्टी परित्याग गरी थुप्रै नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने जनसभालाई सम्वोधन गर्न अध्यक्ष ओलि आउने भए संगै नेकपा एमाले शिवराज नगर कमिटीको बैठक सम्पन्न भएको छ ।

जनसभामा शिवराज नगरबाट पार्टी कार्यकर्ता, शुभचिन्तक लगायतको उलेख्य सहभागिता हुने एमाले शिवराजका अध्यक्ष जगत पौडेलले बताउनुभयो । उक्त सभामा शिवराजबाट ५ हजारको उपस्थिती हुने पौडेलले जानकारी दिनुभयो ।

। बैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले बहादुरगंजको सभावाट ४ हजार बढी विभिन्न पार्टीका कार्यकर्ता एमालेमा प्रबेश गर्ने जानकारी दिनु भयो । बहादुरगञ्जमा हुने विशाल जनसभामा पुर्व प्रधानमन्त्री एवं पाटीका अध्यक्ष केपी शर्मा ओली आउने खबरले जिल्ला बासि उत्साहित बनेको बताउनुभयो ।

त्यस्तै उक्त वैठकलाई सम्बोधन गर्दै एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले पार्टि अध्यक्ष ओलिको आगमन सगैं जिल्लमा एमालेमा प्रवेशको जन लहर आउने बताउनु भयो । अध्यक्ष पोख्रेलले उक्त सभामा शिवराजबाट उल्लेख्य नेता तथा कार्यकर्ता सहभागि गराउन आग्रह समेत गर्नु भयो ।

शुक्रबार चन्द्रौटामा सम्पन्न बैठकमा एमाले शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेलको अध्यक्षता र सचिव शरद अधिकारीको संचालनमा भएको बैठकमा प्रदेश कमिटीका सदस्य एवम शिवराजका मेयर नेत्रराज अधिकारी , प्रदेश सांसद अर्जुन केसी लगायतले वोल्दै पश्चिमि क्षेत्रमा रहेका पालिका शिवराज र विजय नगर जितेको एमालेले अवको चुनावमा कृष्णनगर समेत जित्नेगरी पार्टी प्रबेशमा जोड दिएको दावि गर्नु भयो ।
बैठकमा एमाले शिवराज वडा कमिटी अध्यक्षहरुले उक्त सभामा शिवराजका सबै वडाहरुबाट बाक्लो जनसहभागीता गराउने जनकारी गराएका थिए । एमाले शिवराज वडा कमिटीका अध्यक्षहरुले भनाई राखेका थिए।

बैठकमा एमालेका जिल्ला नेता भेषराज पाण्डे ,लक्ष्मण बेल्वासे, सिवि गहतराज , शिवकुमारी थारु लगायतको उपस्थिती थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu