Connect with us
Kapilvast Forest

एमसीसीबारे राजनीतिक दल : ‘प्रधानमन्त्रीले एमसीसी पास गर्ने प्रस्ताव गरे हामी अस्वीकार गर्छौँ’

२०७८, ४ पुष आईतवारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न बालुवाटारमा सर्वदलीय बैठक डाकेका छन् । बैठकमा संसदमा भइरहेको अवरोध, अमेरिकी सहयोग परियोजना एमसीसीलाई कसरी अगाडि बढाउने लगायतका विषयमा छलफल हुँदैछ । छलफलमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बोलाइएको छ ।

 

यद्यपी प्रमुख प्रतिपक्षी दल एमालेले भने सो बैठकमा सहभागिता नजनाउने भएको छ । सत्ता गठबन्धन र त्यसबाहिर रहेका दलहरुले सर्वदलीय बैठकमा भाग लिनेछन् । खासगरी सत्ता गठबन्धनभित्र रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एमसीसीको पास गर्ने विपक्षमा रहेको छ भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले एमसीसीबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।हामीले केही राजनीतिक दलसँग एमसीसी परियोजनाबारे उनीहरुको धारणा लिएका छौँ

जगन्नाथ खतिवडा, प्रवक्ता, नेकपा एकीकृत समाजवादी
अहिलको अवस्थामा एमसीसी पास हुन सक्दैन, हामी पास गर्ने पक्षमा छैनौँ । सर्वदलीय बैठक बसेर साझा धारणा बनाइँदैछ । कुनै दल एक्लै–एक्लै हिँड्ने छैनन् । आज मुलुकमा एमसीसी आवश्यक हैन । अमेरिकाले दिने भनेको ४२ अर्ब रुपैयाँभन्दा हामीलाई नेपालको सार्वभौमसत्ता, नेपाली जनताको राष्ट्रिय एकता र नेपालको राष्ट्रिय स्वाभिमान प्यारो छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu