खेलकुद मन्त्री गहतराजद्वारा भलिबल टिमको बिदाई
काठमाडौँ -युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमको बिदाई गरेका छन्। मन्त्री गहतराजले आईतबार बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई राष्ट्रिय झण्डा सहित बिदाई गरेका हुन्।
मन्त्री गहतराजले जित्ने उदेश्य रहेको भन्दै राष्ट्रिय पहिचान दिलाउने लक्ष्य सहित मैदानमा खेल प्रर्दशन गर्न शुभकामना दिएका थिएका छन्। उनले अबका केही हप्ता बंगलादेशमा नेपालीको नजर रहने उल्लेख गर्दै स्वर्ण पदक सहित जितेर आउन शुभकामना दिएका थिए। प्रतियोगिता डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुँदैछ। नेपाली टिम भने सोमबार बंगलादेश उड्ने कार्यक्रम रहेको छ।