Connect with us
Kapilvast Forest

एमसीसी अध्ययन कार्यदलको बैठक खनाल निवासमा

२०७८, ७ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं – सत्तारुढ गठबन्धनले अमेरिकी सहयोग परियोजना (एमसीसी)अध्ययनका लागि बनाएको कार्यदलको पहिलो बैठक सुरू भएको छ । नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खAdd Newनालको नेतृत्वमा बनेको कार्यदलको पहिलो बैठक खनाल निवास डल्लुमा बसेको हो ।

 

सरकारले एमसीसी सदनमा अगाडि बढाउन चाहेपछि आइतबार गठबन्धन र सर्वदलीय बैठक आह्वान गरेको थियो । दुवै बैठकमा कांग्रेस बाहेकका दल एमसीसी संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा रहेपछि कार्यदल बनाइएको थियो ।

 

खनालको नेतृत्वमा रहेको ३ सदस्यीय एमसीसी अध्ययन कार्यदलमा नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । एमसीसीका विवादित भनिएका बुँदा अध्ययन गरेर गठबन्धनको अर्को बैठकमा राख्नेगरी कार्यदल गठन भएको थियो ।

कार्यदलले अध्ययन प्रतिवेदन पेस गरेपछि त्यसबारे साझा धारणा बनाएर जाने प्रयास गठनबन्धनमा हुनेछ । सत्ताको नेतृतव गरेको नेपाली कांग्रेस एमसीसी अनुमोदन गरेर जानुपर्ने चाहन्छ भने सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu