Connect with us
Kapilvast Forest

निरन्तर पाँच वर्षसम्म बहुमतको सरकार चलाउने अवस्था सिर्जना गर्छौं : महामन्त्री शर्मा

२०७८, ७ पुष बुधबारमा प्रकाशित

 

बिर्तामोड — नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले देशमा निरन्तर पाँच वर्षसम्म बहुमतको सरकार चलाउने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ । उनले देशको व्यवस्था परिवर्तन गरेर नभई अव्यवस्थाहरु समाप्त गरेर कांग्रेसले पाँच वर्षसम्म सरकार चलाउने अवस्था सिर्जना गर्ने दाबी गर्नु भयो ।

 

महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा आएका शर्माले बुधबार बिर्तामोडमा आयोजित ‘आभार व्यक्त’ कार्यक्रममा कांग्रेसले अब व्यवस्थालाई गाली गर्ने अवस्था समाप्त गर्ने बताउनु भएको छ । उहाँले वर्तमान व्यवस्था परिवर्तन गर्ने सपना नदेख्न पनि आग्रह गर्नु भयो ।

‘देशको अहिलेको व्यवस्थाको कुनै दोष छैन । यसका केही अव्यवस्थाहरु छन् । तिनलाई समाप्त गर्न सक्यौं भने हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाउन सम्भव छ,’ शर्माले भन्नु भयो । उहाँले अहिलेको राज्य व्यवस्था परिवर्तन गर्नेगरी झापामा कुनै गतिविधि हुन नदिने पनि ठोकुवा गनुर्न भयो ।

‘हामी सुन्दैछौं, देशको व्यवस्था परिवर्तन गर्नेगरी झापामा गतिविधिहरु हुँदैछन् रे,’ उहाँले भन्नु भयो ,‘त्यो भ्रमबाट मुक्त भए हुन्छ । हामी अहिलेको व्यवस्थामा ठोस पुग्नेगरी कुनै क्रियाकलाप हुन दिने छैनौं ।’ शर्माले आगामी चुनावमा कांग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने दाबी गर्नु भयो । ‘यो देशलाई समृद्ध बनाउन कांग्रेसले एउटा मात्र होइन, लगातार तीन वटा चुनाव जित्ने गरी कांग्रेस अघि बढेको छ, ’ उहाँले भन्नु भयो । शर्माले महाधिवेशन अगाडि आफूले गरेका प्रतिबद्धताहरु नबिर्सिएको बताउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu