Connect with us
Kapilvast Forest

कांग्रेसमा आदिवासी जनजातितर्फ १५ केन्द्रीय सदस्य निर्वाचित

२०७८, ८ पुष बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसमा आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । आदिवासीतर्फ खुला र महिला गरी १५ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो ।

खुलातर्फ ८ र महिलातर्फ ७ पदका लागि भएको निर्वाचनमा १४ जना संस्थापन समूहका उम्मेदवारहरु विजयी हुनु भएको छ । खुलातर्फ चीनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुर सिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, तारामान गुरुङ, आङ्गेलु शेर्पा र टेकप्रसाद गुरुङ विजयी हुनु भएको छ ।

टेकप्रसाद गुरुङ संस्थापनइतर समूहका उम्मेदवार हुनुन्छ । बाँकी ७ विजयी उम्मेदवार सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित हुनु भएको छ ।त्यस्तै महिलातर्फ सातै जना देउवा समूहका निर्वाचित हुनु भएको छ । निर्वाचित हुनेमा सीता गुरुङ, अञ्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगालक्ष्मी अवाल, माया राई, सीता कुमारी राना र सुशीला थिङ रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।उहाँहरुको मतसहितको विवरण भने निर्वाचन समितिले सार्वजनिक गरेको छैन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu