Connect with us
Kapilvast Forest

राजनीतिबाट विश्राम लिएको छैन, अल्पविराम मात्र हो: रामचन्द्र पौडेल

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिक यात्राबाट विश्राम नलिएको बताउनु भयो ।

बिहीबार विज्ञप्ति जारी गर्दै पौडेलले पार्टीको केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई दिँदै आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएउनु भयो ।

 

‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नुहुँदैन जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, त्यस निर्णयप्रति इमान्दार रहन मतदानबाटै अलग रहेँ’ उहाँले विज्ञप्तिमा भन्नु भएको छ ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ ।’

वरिष्ठ नेता पौडेलले पार्टीको निर्वाचनमा बधाइ दिँदै पराजित हुनेहरुलाई नआत्तिन आग्रह गर्नुभएको छ । ‘व्यक्तित्वको पहिचान सुखमा हैन दुखमा र पराजयका बखत हुने गर्दछ । यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया ठानेर जय पराजे जे भए पनि आफ्नो स्थान अविचल बनाइ राख्नुहोला, साथी साथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला’ उहाँले भन्नु भयो ।

महाधिवेशनले पार्टीभित्र आन्तरिक लोकतन्त्रको प्रयोग हुनुका साथै पार्टीर्ला नयाँ दिशा पनि दिन मद्दत गर्ने पौडेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu