Connect with us
Kapilvast Forest

देश कांग्रेस र कम्युनिस्टको बन्धक बनेको छ : लिङ्देन

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

 

दाङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसले देशलाई बन्धक बनाएको टिप्पणी गर्नु भएको छ ।दाङमा बिहीबार भएको लुम्बिनी प्रदेशको विस्तारित बैठकमा उनले कम्युनिष्ट र कांग्रेसले तीन दशकदेखि मुलकमा लुटतन्त्र मच्चाएको आरोप लगाउनु भयो ।

‘देश कांग्रेस–कम्युनिष्टहरुको बन्धक बनेको छ’ उहाँले भन्नु भयो ‘त्यसको साक्षी जनता भन्दा को हुन सक्छ ’ २०४६ सालपछि लोकतन्त्र र गणतन्त्रका नाममा देशलाई भष्ट्राचारमा डुबाउने काम भएको भन्दै लिङ्देनले भन्नु भयो ‘वाइडबडी काण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म हरेक दल मुछिएका छन् ।’ कम्युनिष्ट र कांग्रेसले सिन्डिकेट लगाएर देश लुटेको उहाँको जिकिर छ ।

लिङ्देनले ठूला–ठूला सपना देखाएर जनतालाई गाईवस्तुजस्तो ठानेको टिप्पणी गर्नु भयो । ‘जनता कुनै पार्टीको गाईवस्तु होइनन्’ उहाँले भन्नु भयो ‘अब परिवर्तन चाहने हो भने जनताहरुले कांग्रेस, एमाले र माओवादीको दाम्लो चुँडालेर राप्रपाको अभियानलाई साथ दिनुपर्छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था फाल्नु नै गलत भएको बताउनु भयो । उहाँले कांग्रेस र कम्युनिष्टले एउटा राजा फालेर थुपै्र राजा जन्माएर मुलुकमा आर्थिक भार थपेको टिप्पणी गरे । ‘हिजो एउटा राजाकै कारण देश बनेन भनेर राजा फालियो’ उनले भने, ‘अहिले धेरै राजाहरु जन्मिएर देश बर्बादीमा पुग्यो ।’राप्रपाले महाधिवेशनपछि लुम्बिनी प्रदेशस्तरीय प्रथम विस्तारित बैठक तुलसीपुरमा गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu