Connect with us
Kapilvast Forest

कांग्रेश एक भई अगाडी बढ्छ:महामन्त्री आर्चाय

२०७८, ११ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु -नेपाली कागे्रंस लुम्विनी प्रदेशका महामन्त्री सुरेन्द्र राज आर्चायले अव नेपाली कांग्रेश चलायमान भएर अगाडी बढ्ने बताएका छन् । विभिन्न गुट उपगुट संगठनको चुवावमा मात्र केन्द्रिय भएकोमा अबका दिनमा सबै एक भएर संगठन अगाडी बढ्ने आर्चायले बताए ।
यशोधरा गाउंपालका वडा नं ४ मा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आर्चायले यस्तो बताएका हुन् । साथै पार्टीको निर्वाचमा प्रतिसप्रर्धा बाट विजयी हासील गरेका र प्रतिसप्रर्धामा केही साथीहरुले पराजय भोगपनि आगामी दिनमा पार्टी र जनताको काममा सबैको भुमीका बराबरी हुने समेत आर्चायले बताए ।
अव पाटी नेतृत्व र आम कार्यकर्ता जनताका पिर मर्का समस्या समाधान गर्न र आउदै गरेका तिनै तहको निर्वाचनमा पार्टीलाई जिताउन लाग्नुपर्ने बेला आएकोले सोही अनुसार काम गर्ने बेला आइसकेको समेत आर्चायले बताए । कार्यक्रममा जिल्ला सभापति अब्दुल कलामले नेपाली कांग्रेशको १४ औ महाधिवेनमा बाट कागे्रसमा उत्साह आएकोले संगठन मजबुद भएको ओल्याए । आगामी दिनमा जनताका समस्या र विकासका मुद्धामा कागे्रस गाउं गाउंमा गएर काम गर्ने समेत कलामले बताए ।
सो अवसरमा पुर्व एसएसपी तथा महाधिवेशन प्रतिनिधी विक्रम सिंह थापाले हरेक जनताका समस्यामा आफुहरु सधै संगै रही शान्ति र भयरहित समुदाय निर्माण गर्न आफुहरु लाग्ने बताए ।
हरिहर तिवारीको अध्यक्षता र प्रभाकर चौहानको संचालनमा सम्पन्न कार्यक्रममा नेपाली कागे्रंस प्रदेश सदस्य प्रमलक्ता भट, जिल्ला सह उपाध्यक्ष रजतराज आर्चाय, सह सचिव विरेन्द्र कुमार मिश्रा, क्षेत्रिय सचिव गगेशनाथ तिवारी, मोल्वी हारुन,राजकुमार पाण्डेय लगायत बोलेका थिए । कार्यक्रममा शैलेन्द्र ओझाले स्वागत मनतब्य राखेका थिए ।
क्षेत्रिय बैठक सम्पन्न कपिलवस्तु , मसिंर १० नेपाली कागे्रंस क्षेत्र नं २ को पहिलो बैठक तौलिहवामा सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय तैलिहवामा सभापति केशव कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठककले ४ बुदे विभिन्न निर्णय गरेको छ ।
निर्णयमा निर्वाचन आयोग द्धारा संचालित मतदाता परिचय पत्र संकलनको लागि प्रत्यक वडामा कार्यकर्ता परिचालन गरि नामावली नभएका जनताको नामावली सकंलन कार्यमा सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बेमौसमी वर्षातको कारण धान लगायत अन्य वालिमा भएको क्षतीको विवरण संकलन गरि सरकार समक्ष पठाउन र तत्काल क्षतीको राहत माग गर्ने समेत निर्णय गरेको छ । १४ औ महाधिवेशनमा सहयोग गर्ने निर्वाचन समिति तथा विभिन्न सहयोगीहरुलाई धन्यवाद दिनुको साथै आगामी बैठक यशोधरा गाउंपालिकामा गर्ने निर्णय भएको छ । बैठकमा नेपाली कागे्रंसमा प्रदेश सदस्य कपिलवदेव तिवारी,प्रदेश सभा क्षेत्रिय २ ख का सभापति गिरिजेश कुमार पाण्डेय सचिव द्धय गगेश नाथ तिवारी परवालाल यादव लगायतको सहभागिता रहेको थियो ।
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu