Connect with us
Kapilvast Forest

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन चैत २२ देखि हुने

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

झापा – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशन हुने भएको छ ।आगामी चैत २२ देखि २४ सम्म महाधिवेशन हुने भएकाले त्यसअघि फागुन ७ र ८ गते विधान महाधिवेशन आयोजना हुने महासचिव समिक बडालले बताउनु भयो ।

झापाको विर्तामोडमा सम्पन्न केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु समेत गठन गरेको छ ।अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, बरिष्ठ उपाध्यक्ष आरसी लामिछानेको नेतृत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष झपिन्द्र खत्रीको नेतृत्वमा शैक्षिक मुद्दा प्रतिवेदन लेखन समिति र महासचिव समिक बडालको नेतृत्वमा विधान मस्यौदा उपसमिति गठन भएको छ ।

बैठकले माघ १० देखि २६ गतेभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको बडालले बताउनु भयो । महाधिवेशनस्थल पोखरा प्रस्तावित भए पनि निर्णय हुन बाँकी रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu