Connect with us
Kapilvast Forest

क्रान्ति पटक पटक भयो जनताले अनुभूति गर्ने परिवर्तन हुन सकेन :शंकर पोखरेल

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताले क्रान्ति मात्र होइन परिवर्तन पनि खोजेको बताउनु भएको छ ।नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले देशमा क्रान्ति पटक पटक भएको र जनताले अनुभूति गर्ने गरी परिवर्तन नभएको भन्दै यसमा दलहरू लाग्नुपर्ने बताउनुभएको हो ।

‘गिरिजाप्रसाद कोइरालाले पटक पटक भन्नुहुन्थ्यो- एउटै व्यक्तिले तीन तीनवटा आन्दोलनको नेतृत्व गर्नुपर्‍यो,’ उहाँले भन्नुभयो, ‘तर, मलाई खल्लो लाग्थ्यो । क्रान्तिका हिसावले ठिक होला । एउटा क्रान्तिले युग परिवर्तन गर्नुपर्ने हो । तर, नेपालमा क्रान्ति भयो । परिवर्तन भएन ।’

नेताहरूबीचको अन्तर कलहलाई आधार बनाएर नेताहरूले नीति र एजेण्डा बनाउँदा जनताप्रति उत्तरदायी बन्न नसकेको बताउदै उहाँले सामूहिक प्रयासबाट देशमा व्यवस्था परिवर्तन भएको स्मरण गर्नुपर्ने बताउनु भयो ।

देश र जनताको माग सम्बोधन गर्न गठन गरिएको नेकपाको एकता जोगाउन नसक्नु एकअर्कालाई दोष दिएर उम्किन नसकिने भन्दै उहाँले यसको समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियता, स्वाधिनता, परराष्ट्र नीतिमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले समाजलाई बदल्ने विषयमा पनि सबै एकबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।देशको विकास र समृद्धिका लागि पनि दलहरुबीच साझा एजेण्डा ल्याउनुपर्ने बताउँदै उहाँले पार्टी मात्र होइन देशलाई नै बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

जनताको बीचमा गरिएको वाचा पूरा गर्न नसकेको कुरा जनतालाई भन्न सक्नुपर्ने भन्दै उहाँले जनतामाझमा जाने एमालेको एजेण्डालाई प्रतिगमनसँग जोडिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu