Connect with us
Kapilvast Forest

टोटेनह्यामको सहज जित, पाँचौ स्थानमा उक्लियो

२०७८, १२ पुष सोमबारमा प्रकाशित

एजेन्सी -इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा टोटेनह्यामले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै पाँचौ स्थानमा उक्लिएको छ।

घरेलु मैदानमा टोटनह्यामलाई जिताउन ह्यारी केन, लुकारस मौरा र सन ह्युङ मिनले गोल गरे।खेलको ३२औं मिनेटमा गोल गर्दै केनले टोटेनह्यामलाई सुरुवाती अग्रता दिलाए। त्यसको २ मिनेटपछि लुकास मौराले गोल गर्दै अग्रता दोब्बर पारे।

‍खेलको ३७औं मिनेटमा विलफ्रेड जाहाले रातो कार्ड पाएपछि क्रिस्टल १० खेलाडीमा समेटिएको थियो।पहिलो हाफमा २-० ले अघि रहेको टोटेन ह्यामले दोस्रो हाफमा थप एक गोल गर्‍यो। उसका लागि खेलको ७४औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै ३-० को जित दिलाए ।

जितसँगै टोटेनह्यामले १६ खेलमा २९ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । क्रिस्टल २० अंकका साथ १२औं स्थानमा छ।

तालिकाको शीर्ष स्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक छ। एक खेल कम खेलेको लिभरपुलको ४१ अंकसहित दोस्रो स्थानमा छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu