Connect with us
Kapilvast Forest

विश्वमा कोरोना संक्रमितको संख्या २८ करोड नाघ्यो

२०७८, १२ पुष सोमबारमा प्रकाशित

एजेन्सी-विश्वभर कोरोना संक्रमितको संख्या २८ करोड नाघेको छ। पछिल्ले २४ घण्टामा झण्डै ४ लाख नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २८ करोड ३ लाख पुगेको हो।

पछिल्लोपटक सबैभन्दा धेरै अमेरिकामा ९५ हजार जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, फ्रान्समा २७ हजार ६००, इटलीमा २४ हजार ८००, रसियामा २३ हजार ७००, टर्कीमा २० हजार र भियतनाममा १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

यस्तै, उक्त अवधिमा कोरोना संक्रमणबाट विश्वभर झण्डै ३ हजार जनाको मृत्यु भएको छ। जसमध्ये रसियामा ९६८, भियतनाममा २०७, टर्कीमा १७३ र युक्रेनमा १३८ जना छन्। हालसम्म विश्वभर ५४ लाख १६ हजार जना कोरोना संक्रमितको मृत्यु भइसेको छ। अहिले विश्वमा २ करोड ४५ लाख सक्रिय संक्रमित छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu