Connect with us
Kapilvast Forest

सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गयो, एक जना घाइते

२०७८, १२ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं– सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो।

उहाँकाअनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस भएका थिए । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो ।

अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu