Connect with us
Kapilvast Forest

काठमाडौंको गागल फेदीमा एक महिला मृत फेला

२०७८, १२ पुष सोमबारमा प्रकाशित

death

काठमाडौं-काठमाडौंमा एक महिला मृत फेला परेकी छन्। सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन्। लामा त्यही ठाउँकी स्थानीय हुन्। स्थानीयले बिहान उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तालिम प्राप्त कुकुर, चिकित्सकसहितको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा परिसरका एसएसपी र महाशाखाबाट एसपीको टोली खटिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।शवको पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिँदैछ। उनको मृत्यु कसरी भएको हो भन्ने पोष्टमार्टमपछि खुल्ने प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu