Connect with us
Kapilvast Forest

सात सदस्यको मागपछि एन्फाले बोलायो कार्यसमिति बैठक

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

काठमाडौं -अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक बस्ने भएको छ । कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औँ कार्यसमितिको बैठक पुस २२ गतेलाई बोलाइएको छ । एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमितिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार) लाई बैठक आह्वान गरेका हुन् ।

 

१ पुसमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीर बहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दीनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धित छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए । एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ । जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा साढे १२ बजे बैठक बोलाइएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu