Connect with us
Kapilvast Forest

कुवेतसामु नेपालले प्रस्तुत गर्‍‍याे २४० रनको लक्ष्य

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं- एसिसी यू–१९ एसिया कपमा नेपालले कुवेतसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबईमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा २३९ रनमा अलआउट भयो। नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे।

विवेक रानामगरले ५० रन जोडे भने बासिर अहमेदले ५६ रनको योगदान दिए। विवेकले ७१ बलमा ६ चौका हिर्काउँदा बासिरले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

मोहमद आदिल भने एक रनले अर्धशतक बनाउन चुके। ४९ रनमा आउट हुनुअघि उनले ४२ बलमा २ चौका ५ छक्का हिर्काए। शेर मल्लले २१ रनको योगदान दिए।

ओपनरद्वय सन्तोष कार्की र देव खनाल ५–५ रनमा आउट भए। अर्जुन साउद १० रन, विवेक यादव ०, गुल्शन झा ७ रनमा आउट भए भने दिपेश कडेँलले १५ रनको योगदान दिए। बलिङमा कुवेतका मिर्जा अहमेद र अब्दुल सदिकले ३–३ विकेट लिए। दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu