Connect with us
Kapilvast Forest

यु–१९ एसिया कप: नेपाल कुवेतसँग १ विकेटले पराजित

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

काठमाडौं -कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यु–१९ क्रिकेट टोली एसीसी यु–१९ एसिया कपमा जित विहीन बनेको छ । यस अघिनै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा कुवेतसँग पनि पराजित भएको हो । ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रन बनाएको कुवेत नेपाललाई हराउँदै सान्त्वना जितमा चित्त बुझायो ।

 

कुवेती कप्तान मित भावसरले अविजित शतक सहित १७७ रन बनाएपछि नेपाल लगातार तेस्रो खेलमा पराजित भएको हो । उनले २४ चौका र १ छक्का हिर्काएका थिए । यस्तै जुड सालदान्हाले २५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । कुवेतका दुई खेलाडी शून्य रनमा आउट भएका थिए ।

नेपालका गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । यस्तै शेर मल्ल, वासिर अहमद र विवेक यादवले समान २ विकेट लिए । यस अघि दुबईमा वासिर अहमद र विकेक मगरको अर्धशतकप्रेरित नेपालले ४२ ओभर ३ बलमा अल आउट हुँदै २३९ रनको योगफल खडा गरेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu