Connect with us
Kapilvast Forest

नेपाल आइपुगे फुटबल प्रशिक्षक अलमुताइरी

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किएका छन् । प्रशिक्षक अल्मुताइरी मंगलबार कतारबाट नेपाल आइपुगेका हुन् ।

अल्मुताइरीलाई नेपाली राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्याय, एन्फा केन्द्रिय सदस्य प्रदेश सिंह राठोरले स्वागत गरेका थिए ।

 

गत असोजमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीप मा नेपाललाई उपविजेता बनाएका अल्मुताइरी त्यसको केही समयपछि नेपाल आएर छुट्टी मनाउन कतार गएका थिए ।

साफपछि नेपाल नफर्कने भन्दै कतार पुगेका अलमुताइरीले एन्फा र कतार फुटबल संग छलफलपछि फेरि नेपाल फर्कन सहमत भएका थिए । गत कात्तिकमा नेपाल आएर सम्झौता थप गर्दै आफ्नो योजना सार्वजनिक गरेपछि उनी छुट्टीमा थिए ।

अलमुताइरीले यही पुष ३० गतेदेखि प्रशिक्षण शुरू गर्ने आफ्नो योजनामा उल्लेख गरेका छन् । यस्तै माघमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारी छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu