Connect with us
Kapilvast Forest

प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन माघ २२ र २३ गते कास्कीमा गर्ने निर्णय

२०७८, १३ पुष मंगलवारमा प्रकाशित

 

बुटवल-प्रेस चौतारी नेपालले आज लुम्बिनीमा बसेको केन्द्रीय कमिटी बैठकले नवौँ राष्ट्रिय महाधिवेशन २०७८ माघ २२ र २३ गते कास्कीमा गर्ने निर्णय गरेको छ ।संगठनका अध्यक्ष गणेश बस्नेतको अध्यक्षता नेकपा (एमाले) का उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र संगठनका सहइन्चार्ज विष्णु रिजाल लगायतको को उपस्थितिमा लुम्बिनीमा बसेको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको हो

 

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताउनु भएको छ ।

उहाँले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गर्नु भयो । उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गर्नु भयो।

उहाँले कांग्रेस र माओवादी नीति, विचार र नेतृत्वमा कमजोर रहेको टिप्पणी गर्नुहुँदै विधिको कुरा गरेर पार्टी विभाजन गरेका माधव नेपाल सबैभन्दा बढी विधि मिच्ने नेताको रूपमा अग्रसर रहेको आरोप लगाउनुभयो ।

एमालेलाई दक्षिणपन्थी अवसरवादबाट जोगाउनु मुख्य चुनौती रहेको गुरुङको भनाइ छ । बैठकलाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले १०औँ महाधिवेशनपछि एकढिक्का भएर अगाडि बढेको बताउनुभयो ।

राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले सत्ता स्वार्थमा बनेको पाँच दलीय गठबन्धन धेरै दिन नटिक्ने बताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu