Connect with us
Kapilvast Forest

७३ जना उपासिकाद्धारा प्राचिन कपिलवसतुका ४ बुद्ध स्थलमा बिशेष पुजापाठ

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु-प्रचिन कपिलवस्तु स्थित ४ वटा बुद्धस्थलमा पुगेर ७३ जना उपासिकाहरुले बिशेष पुजापाठ गरेका छन । रोयल थाई मोनास्ट्री र बिश्व शान्ति बिहारको अगुवाईमा नेपालका बिभिन्न स्थानबाट आएका उपासिकाहरुले बुद्ध शिक्षा ग्रहरण गरी बिशेष पुजापठा गरेका हुन ।

उनीहरुले बुद्धको क्रिडास्थल तिलौराकोट, निग्राधराम कुदान, निग्लिहवा र गाटीहवा अशोक स्तम्भमा पुगेर बुद्ध शिक्षा ग्रहण समेत गरेका हुन । ८ दिने बिेषेश ध्यानकालागि जम्मा लुम्बिनी हुदै उनहिरु कपिलवस्तु पुगेका हुन ।

भिक्षु सुपोतले उनीहरुलाई बुद्ध शिक्षा र बुद्धस्थलका बारेमा जानकारी गराएका थिए । उपासिकाहरुले बुद्ध स्थलमा पुगेर पुजापाठ सहीत शिक्षा ग्रहण गर्न पाउदा आफहरुले शान्तिको महसुस गरेका बताए । उपासिकाहरुको ब्यवस्थापन रायेल थाई मानेस्ट्री कपिलवस्तुका कार्यबाहक अध्यक्ष राजेश ज्ञवालीले गरेका थिए ।

तिलौराकोट बुद्धले २९ बर्ष बिताएको ठाउ हो भने कुदान बुद्धत्व प्रापत गरे पछि आफना परिवारसंग बुद्धले भेट गरेको स्थान हो । यस्तै कुदान क्रकुछन्द र निग्लिहवा कनकमुनीको जन्म थलोकारुपमा मानिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu