Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको नीति नो एमसीसी हुनुपर्छः विडारी

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

 

काठमाडौं -नेकपा माओवादी केन्द्रको बन्दसत्रमा समूहगत रूपमा छलफलको निचोड सुनाउने क्रममा आफ्नो समूहको निष्कर्ष राख्दै रामनारायण विडारीले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अस्वीकार गर्नुपर्ने धारणा राखेका छन् ।

सल्लाहकारको ‘ख’ को टोली नेता विडारीले एमसीसीको विरोध मात्रै गरेनन्, पार्टीको नीति नो एमसीसी हुनुपर्ने नै बताए ।प्रचण्डको प्रतिवेदनको प्रशंसा गरेका उनले एमसीसी संशोधन गरेर पारित गर्नुपर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख भएको भए पनि एमसीसी पारित गर्नै नहुने विडारीले दाबी गरेका हुन् ।बन्दसत्रमा विडारीले भनेका छन्, ‘पार्टीको नीति नो एमसीसी हुनुपर्छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu