Connect with us
Kapilvast Forest

एमाले कपिलवस्तुको जिल्ला अध्यक्षमा अधिकारीको उम्मेदवारी रहने

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

 

 

अर्जुन बेल्बासे –एमालेको जिल्ला अधिवेशन अध्यक्षमा उम्मेदवारी रहने नेकपा एमाले कपिलवस्तुको जिल्ला अधिवेशन नजिकिदैं गर्दा जिल्ला अध्यक्षका आकांक्षीहरुको दौडधुप र सक्रियता बढदै गएको छ ।

यहि पुस २३ गते हुने नेकपा (एमाले) को जिल्ला अधिवेशमा कपिलवस्तुबाट शिवराज नगरपालिकाका नगर प्रमुख एवम नेकपा एमाले प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारीले एमाले जिल्ला अधिवेशनमा आकांक्षा देखाउनु भएको छ ।
लामो समय सम्म शिक्षण पेशालाई अंगालनु भएका अधिकारी शिक्षण पेषालाई त्यागेर गाविश अध्यक्ष जिम्वेवारी सम्हाल्दै आम नागरीकमा असल पात्रका रुपमा चिनिनु भएको छे । एमाले कपिलवस्तुका एक बौद्दिक नेताको रुपमा रहेका अधिकारी शिवपुर गा वि श अध्यक्ष पश्यात राष्ट्रियसभा सदस्यको निर्वाचनमा भने झिनो मतले पराजित हुनु भएको थियो ।

पार्टी प्रति गरेको योगदानलमई गदर गर्दै शिवराज नगरपालिकाको नगरप्रमुखको टिकट पाउनु भएका अधिकारी गत निर्वाचनमा एमाले बाट फराकिलो मा अन्तरले नगर प्रमुखमा विजयी हुनु भएको थियो ।

लामो समयदेखि एमालेमा आवद्ध भई कपिलवस्तुमा संगठन निर्माण अहम भूमिका निर्वाह गर्दै आउनु भएका अधिकारीले जिल्ला अधिवेशन नजिकिदै गर्दा अनुभव, ज्ञान र दक्षतालाई पार्टीको विकास, विस्तारका लागि अझै तत्पर अगाडि बढ्न अध्यक्षमा उम्मेदवारी रहनेबताउनु भयो ।’

 

त्यस्तै जिल्ला अध्यक्षमा २ जना डम्मर शर्मा र बाबुराम खनाल जिल्ला अध्यक्ष पदको लागि दौडमा होमिनु भएको छ । शर्मा नेकपा एमाले लम्बिनी प्रदेश कमिटिका सचिवालय सदस्य हुनुन्छ भने खनाल जिल्ला उपाध्यक्ष हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu