Connect with us
Kapilvast Forest

माओवादी महाधिवेशनमा टोली नेताले सुझाव दिने क्रम सकियो, भोलि प्रचण्डले जवाफ दिने

२०७८, १५ पुष बिहीबारमा प्रकाशित

काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष सुनाउने तथा सुझाव दिने क्रम सकिएको छ ।

काठमाण्डौकाे प्रज्ञा भवन कमलादीमा चलिरहेको बन्द सत्रमा आज बिहीवार थप १४ वटा समूहका टोली नेताले समूहगत निष्कर्ष र सुझाव दिएका हुन् । उनीहरूले उठाएका प्रश्नको जवाफ भोलि शुक्रवार अध्यक्ष प्रचण्डले दिने माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गरेर नेतृत्व छनोटको प्रक्रिया सुरु हुने माओवादी केन्द्रले जनाएको छ । आजै नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भए पनि अध्यक्ष प्रचण्डले जवाफ दिनका लागि समय मागेपछि नेतृत्व चयन प्रक्रिया भोलि मात्रै सुरु हुनेछ ।

आज नेकपा माओवादी केन्द्रको महाधिवशेनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको वैचारिक राजनीतिक दस्तावेजमाथि नेता लेखनाथ न्यौपानेल फरक मत राख्नुभएको छ ।

अध्यक्ष प्रचण्डको प्रतिवेदनले समेट्नैपर्ने केही विषय नसमेटेको भन्दै युवा नेता न्यौपानेले फरक मत राख्नुभएको हाे । उहाँले पार्टीमा उच्छृङ्खलता मौलाउँदै गएको, नेताहरू सम्पत्ति केन्द्रित हुँदै गएको, भारतको थिचोमिचोविरुद्ध प्रचण्डको प्रतिवेदन मौन रहेको, पार्टीका गतिविधि दक्षिणपन्थ उन्मुख रहेको लगायतका मत राख्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu