Connect with us
Kapilvast Forest

माओवादी परित्याग गरेर एक सयभन्दा बढी जनप्रतिनिधि एमालेमा प्रवेश

२०७८, १६ पुष शुक्रबारमा प्रकाशित

रौतहट – प्रदेश २ मा सत्तासाझेदार नेकपा माओवादी केन्द्र परित्याग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ ।

साविक नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै स्थानिय तहमा माओवादीबाट निर्वाचित करिब एक सय जन प्रतिनिधिले एमाले रोजिसकेका छन् ।

एमाले स्थायी कमिटीका सदस्य प्रभु साहका अनुसार स्थानीय तहका मेयर तथा अध्यक्ष सात जना, उपमेयर तथा उपाध्यक्ष १० जनाले एमाले रोजेका छन । ‘सात प्रमुख र १० उपप्रमुख मात्र होइन, माओवादी परित्याग गरेर एमाले आउने वडा अध्यक्षहरूको संख्या करिब ८० नाघिसकेको छ ।’

उनका अनुसार तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकवाट विजयी चार जना वडा अध्यक्ष पनि एमालेमा प्रवेश गरिसकेको र थप प्रवेश गर्ने तयारीमा रहेका छन् ।

माओवादी परित्याग गरी एमाले रोज्ने रौतहटका तीनवटा नगरपालिका छन् भने पर्साका दुई, महोत्तरीका एक जनासहित सात मेयर÷अध्यक्ष रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu